भीम रावलको सरकारलाई प्रश्न : दार्चुलामा भारतीय हेलिकप्टर उडेको थाहा छ कि छैन ?
शुक्रबार, १८ भदौ २०७८, ११ : २९
नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दैआपत्ति जनाएका हुन् ।
रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत गरेका छन् । रावलले भनेका छन् : ‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो ?’
सुरक्षा संवेदनशीलताबारे प्रश्न गर्दै रावलले भनेका छन् : ‘गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोटको चुच्चे नक्साले ल्याएको नयाँ तरङ्ग : नेपाल–भारत सम्बन्धमा कस्तो असर पर्ला ?
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’
-
प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा