सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सिद्धार्थको अन्तिम संस्कारमा यस्तो हालतमा पुगिन् शहनाज, भाइले सम्हाले

शुक्रबार, १८ भदौ २०७८, १५ : ३९
शुक्रबार, १८ भदौ २०७८

मुम्बईको ओशिवारामा सिद्धार्थ शुक्लाको अन्तिम संस्कार हुँदैछ । आफ्नो सबैभन्दा विशेष साथीको अन्तिम संस्कारका लागि शहनाज गिल पुगेकी छिन् । शहनाज गिल समाधि स्थलमा पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

शहनाज गिलको स्थिति निकै खराब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।

 शहनाज गिल र सिद्धार्थको भेट बिग बस १३ मा भएको थियो । दुबैको दोस्ती निकै गहिरो थियो । उनीहरु एकअर्कामाथि मरी मेट्थे । तर अब उनीहरुको जोडी टुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप