जुम्ला एमालेमा पहिरो : सिंगो कमिटी एकीकृत समाजवादीमा
जुम्लामा एमालेको सिंगो पार्टी पङ्क्तिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक अन्य सबैले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु उभिएका छन् ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् । यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।
धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।
जनप्रतिनिधिहरु को–कता ?
०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए । यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।
१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् । उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।
चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण