गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २८ जनामा गरिएको नमूना परीक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७४ महिला र ८३ जना पुरुष रहेका छन् ।
प्रदेशका ६ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १३०, बागलुङ १,स्याङ्जा १३, म्याग्दी ५, गोरखा १,लमजुङ १३, तनहुँमा ७ र नवलपरासी पूर्वमा १८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ३३७ पुगेको छ ।
गण्डकी प्रदेशमा आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । विगत लामो समयदेखि कोरोना संक्रमित र मृतकको संख्या उच्च रहेको गण्डकीमा हाल आएर संक्रमण क्रमश कम हुदै गएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ हजार ३०६ जनाले ज्यान गुमाएका छन् ।
प्रदेशमा हालसम्म ७८ हजार ३७९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६५२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण