सय अंकले घट्यो नेप्से
आइतबार, २० भदौ २०७८, १२ : २१
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दा परिसूचक १०० भन्दा बढीले घटिसकेको छ । यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचकमा १०७ अंकको गिरावट आएको छ ।
यो भनेको नेप्सेमा आएको ३.६८ प्रतिशतको गिरावट हो । यसक्रममा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशतको, विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण