शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अब मोटरसाइकलबाटै कार्गो ढुवानी

आइतबार, २० भदौ २०७८, १२ : ५३
आइतबार, २० भदौ २०७८

डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष्य बोकेको उपाय सिटी कार्गोले दुई पाङ्ग्रे सवारीमार्फत हालैमात्र मोटरसाइकल कार्गो सेवा सुरु गरेको हो । 

योसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने भएको छ । ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ विषयमा अन्तरक्रिया गर्दै सार्वजनिक गरिएको कार्यक्रममा बोल्दै उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यहरुमा लैङ्गिक समानताका साथै वातावरणीय सचेत रही सेवा अघि बढाइएको बताए । 

उपायले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरी उत्पन्न गरेको रोजगारी केही महिना अघिसम्म अस्तित्वमा नरहेको र अहिले टेक्नोलोजी प्लेटफर्मको साथ नेपालमा नयाँ रोजगारी सृजनाको ठूलो सम्भावना उजागर गरेको परियोजना प्रमुख बलजीत बोहराले बताए । 
‘उपाय एक रोचक र स्केलेबल कम्पनी हो । उपायका लगानी साझेदार डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देलले बताए । ‘असंगठित क्षेत्रलाई सम्मानपूर्वक इंट्रासिटी लजिस्टिक समाधानमा परिवर्तन गर्ने क्षमता उपायले बोकेको छ ।’ 

सीप र उपाय सिटी कार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई लक्षित गर्दै उपायले दुई हजार ड्राइभर/दुई पाङ्ग्रे राइडर साझेदारहरूलाई डिजिटल साक्षरता, ई–बैंकिङ र ग्राहक सेवाहरूमा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने बताइएको छ । 

विद्युतीय सवारीको प्रयोग र दिगो कुलिङ  अन्वेषण गर्दै पर्यावरण–मैत्री कम्पनीको रूपमा देखा पर्ने रायमाझी बताउँछन् । महिला उद्यमीहरुको चुनौतीलाई हल गर्दै अघि बढाउन र स्वतन्त्र हुन उपायको भूमिका रहने कम्पनीका कर्वी क्विन कलेक्सनको संस्थापक ऐश्वर्या राय बताउँछिन् ।

उपाय सिटीकार्गोले प्रचलित बजार दरको तुलनामा कम मूल्य र छिटो ढुवानी सेवाका लागि ड्राइभर÷ दुई पाङ्ग्रे राइडर–साझेदारहरूको ठूलो सञ्जालका साथै सुविधाजनक मोबाइल ट्र्याकिङ र कर बीजकको व्यवस्था गरेको छ । भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा अफिसियल वेभसाइट (citycargo.upaya.com.np) मार्फत आवस्यक चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन् । सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप