रुसले युक्रेनमाथि गर्यो जवाफी हमला, पाँच जनाको मृत्यु

किभ । रुसले बिहीबार बिहान उत्तरी युक्रेनी सहर प्रिलुकीमा ड्रोन आक्रमण गरेको छ । रुसको यस आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा एक वर्षीय बालक पनि समावेश भएको अधिकारीहरूले भनेका छन् । यस आक्रमणमा बच्चाकी आमा र हजुर आमाको पनि मृत्यु भएको बताइएको छ ।
अधिकारीहरूका अनुसार बिहान करिब ५ः ३० बजे प्रिलुकीको आवासीय क्षेत्रमा ६ वटा ड्रोनले आक्रमण भएको थियो । ड्रोन आक्रमणमा मृत्यु हुने बच्चा एक आपतकालीन कार्यकर्ताको नाति भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेको केही घण्टा पछि यो आक्रमण भएको हो । ट्रम्पका अनुसार सप्ताहान्तमा युक्रेनले रुसी सैन्य हवाई अड्डाहरूमा गरेको ड्रोन आक्रमणको रुसले जवाफ दिने पुटिनले भनेका थिए ।
अधिकारीहरूका अनुसार प्रिलुकीमा ड्रोन आक्रमणमा ६ जना घाइते भएका छन् । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रिलुकीको जनसङ्ख्या ५० हजार छ । यो सहर युक्रेनी राजधानी कीभबाट लगभग सय किलोमिटर पूर्वमा अवस्थित छ । यो क्षेत्र लडाइँबाट टाढा मानिन्छ र यहाँ कुनै सैन्य आधार छैन ।
रुसले रातारात विभिन्न क्षेत्रमा कुल १०३ ड्रोन आक्रमण गरेको जेलेन्स्कीले भने । यस बाहेक, ब्यालिस्टिक मिसाइल पनि प्रहार गरिएको पनि बताइएको छ । आक्रमण डोनेट्स्क, खार्किभ, ओडेसा, सुमी, चेर्निहिभ, डिनिप्रो र खेरसन लगायत क्षेत्रमा भएको भनिएको छ ।
‘यो अर्को ठुलो आक्रमण हो । यो रुसमाथि कडा प्रतिबन्ध र सामूहिक दबाब लगाउने अर्को कारण हो,’ जेलेन्स्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा