राष्ट्र बैंक घेराउ गर्ने लगानीकर्ताको चेतावनी
सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सिमा १२ करोड तोकेपछि बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था गरिएपछि बजार प्रभावित बन्दै निरन्तर घटिरहेको छ ।
३२ सय अंक नजिक पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो साताभरमा २६ सय अंक तर्फ अगाडी बढिरहेको छ । बजार घट्नुको कारण गर्भनर भएकाले केन्द्रीय बैंकको केन्द्रीय कार्यालय घेर्ने चेतावनी लगानीकर्ताले दिएका हुन् ।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले आज दिनभरमा राष्ट्र बैंकले पुँजी बजारलाई सुधार गर्ने नीति नलिए राष्ट «बैंक घेर्ने चेतावनी दिए । उनले गभर्नरको राजीनामा माग्दै केन्द्रीय बैंक घेर्न देशभरबाट लगानीकर्ता राजधानीमा बोलाउने समेत बताए ।
सेयर बजारमा सकरात्मक प्रभाव ल्याउन चाहिने आवश्यक नीति आज दिनभरमा ल्याइसक्न गर्भनर महाप्रसाद अधिकारीलाई समितिले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण