अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने
बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । “अहिले पाँचवटा स्काभेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला चट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ”, मरासीनिले भने, “मोदीको पाथी चौरबाट कुश्मातर्फ दुई स्काभेटर, कुश्माबाट पाथी चौरसम्म दुई र बीचमा एक स्काभेटर लगाएका छौँ ।”
उनका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिराले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । सवारी साधन ठप्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । पर्वतको दोविल्लामा एक सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ ।
अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङमा यातायातसँगै विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा भने शनिबार साँझदेखि सञ्चालन भए पनि सडक सञ्चालमा सिङ्गो चार जिल्लाको सम्पर्क विच्छेद भएको हो । १३२ केभिए प्रसारण लाइनको दोविल्ला नजिकैको टावरमा क्षति पुर्याउँदा बिहीबार रातिदेखि दाना–खुर्कोट प्रसारण लाइन बन्द भएको छ ।
उक्त प्रसारण लाइनलाई मर्मतपछि सञ्चालन गर्न पाँच दिन लाग्ने जनाइएको छ । दोविल्लामा छ खम्बामा पुर्याएको क्षति मर्मतपछि धौलागिरिमा वितरण भइरहेको ३३ केभिए प्रसारण लाइन मर्मतपछि शनिबार साँझदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशलीलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण