एमसीसीको विरोधमा भदौ २३ गते २२ दलको प्रदर्शन
एमसीसी सम्झौता संसदबाट अनुमोदनको तयारी भइरहेको भन्दै २२ दलीय संगठनले भदौ २३ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरिएको हो ।
प्रदर्शन मण्डलाबाट र्याली /जुलुससहित नयाँ बानेश्वरमा पुगी विरोधसभामा परिणत हुनेछ । साथै उक्त संयुक्त विरोधसभामा उपस्थितिको निम्ति अपिल समेत गरिएको छ । देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले व्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरिएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (माले)का महासचिव सीपी मैनाली, नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने, राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी, जन समाजवादी पार्टी नेपालका उपमहासचिव डम्वर बिक्रम कार्की, मधेशी जनअधिकार फोरमका नेता भाग्यनाथ गुप्ता, राष्ट्रिय जागरण परिषद्का अध्यक्ष साध्यबहादुर भण्डारी लगायतका नेताहरुले एमसीसीको विरोध गर्दै यसलाई असफल पार्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (संयुक्त), नेकपा (जनवादी), पुष्पलाल अध्ययन समाज, एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति, अनेमसंघ क्रान्तिकारी, विश्व हिन्दु महासंघ लगायतका राजनीतिक पार्टी तथा संघ संगठनहरुका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण