बेलायतमा कोरोना : २४ घण्टामा ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए
सोमबार, २१ भदौ २०७८, १४ : ३५
आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् ।
त्यसैगरी यहाँ गएको २४ घण्टामा ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । यहाँ पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । यहाँ यो भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण