गृह मन्त्रालयको विज्ञप्ति आपत्तिजनक छ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै नागरिकस्तरमा आलोचना सुरु भएको बताएका छन् । नेता सिंहले यो विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । आज नेपाली काँग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन नमिल्ने बताए । उनले भने, ‘काँग्रेस स्वतन्त्रताको वकालत गर्ने पार्टी भएकाले यस्ता विषयमा सरकारले गम्भीरतापूर्वक सोचेर मात्रै कदम चाल्नुपर्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए । । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक भएको उनको भनाई छ । ‘सरकारले जनताको दुःखमा साथ दिनुपर्दछ । सँधै जनताको पक्षमा हुनुपर्दछ ।’ उनले भने– ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनुपर्छ ।’
राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले देश र लोकतन्त्रका लागि पार्टी मजबूत हुनुपर्ने धारणा राखे । उनले जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धाँधलीरहित र स्वच्छ रुपले हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण