प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध
संविधान, कानुनको बर्खिलाप कुनै काम नगरेको सभामुखको जिकिर
बुधबार, २३ भदौ २०७८, १७ : १३
सभामुख अग्निप्रसाद सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पारेका छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
उनले एमाले सांसदहरुलाई भने, ‘मैले संविधान, नियम कानुनको बर्खिलाप केही गरेको छैन, त्यसकारण सदन संचालन गर्न दिनुस् ।’ यद्यपि, एमालेका सांसदहरुले ‘संसदको मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर,’ लगायतका नारा लगाएका छन् ।
यसअघि बुधबार नै बसेको पहिलो बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध तुल्याएका थिए । पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका सभामुख सापकोटाले यस बीचमा एमालेका प्रमुख सचेतक तथा सचेतकसँग छलफलसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण