कोरोना भ्याक्सिन किन्न १० प्रतिशत बजेट कटौती
शुक्रबार, २५ भदौ २०७८, १७ : २२
सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत चालू खर्चका विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशतले बजेट कटौती हुने घोषणा गरेका हुन् ।
बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ ।
यसरी कटौती गर्दा तत्काल ५ अर्ब रुपैयाँ बचत हुने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । यो रकमबाट कोभिड–१० विरुद्धको खोप खरिद गर्ने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण