व्यापार घाटा न्यूनीकरणको योजना ३ महिनाभित्र कार्यान्वयनमा ल्याइने
शुक्रबार, २५ भदौ २०७८, १७ : ३१
सरकारले चालू आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक व्यापार घाटा घटाउन आवश्यक कानुन बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट पेश गर्दै अबको तीन महिनाभित्र व्यापार घाटा न्यूनीकरण गर्न आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनमा लग्ने बताएका हुन् ।
उनले भने- ‘बढ्दै गएको व्यापार घाटा क्रमश घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न ढिला भइसकेको छ । यसलाई सन्तुलन गर्न अबको ३ महिनाभित्र योजना बनाएर कार्यान्वयनमा लगिनेछ ।’ चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले विदेशबाट एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीको आयात गर्दा २० अर्ब रुपैयाँको मात्र निर्यात गरेको छ । र, यो बर्षेनी बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा बेपत्ता किशोरको खोजीमा गोताखोर परिचालन
-
सरकार छोड्ने निर्णय नगरेको हुनाले विश्वासको मत दियौँः सांसद पाण्डे
-
सभामुखको कदम परिस्थितिजन्य : योगेश भट्टराई
-
गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ
-
गण्डकी सरकारले फेर्यो अघिल्लो सरकारको पञ्चवर्षीय योजनको आधार पत्र
-
हाम्रो माग पूरा नभए बजेटमा पनि प्रतिरोध हुन्छ : रमेश लेखक