महिनाव्यापी रूपमा मनाइँदै विश्व खाद्य दिवस
नेपालले महिनाव्यापी रूपमा विश्व खाद्य दिवस मनाउने भएको छ । विश्वव्यापी रूपमा अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसलाई नेपालमा महिनाव्यापी रूपमा मनाउन सुरु गरेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए ।
विश्व खाद्य सम्मेलन दिवसलाई नेपालको चाडबाडको मितिलाई ख्याल गर्दै महिनाव्यापी दिवसको कार्यक्रम तालिका बनाएर मनाउन थालिएको उनले जनाए ।
खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी सङ्घसंस्थाले संयुक्त रूपमा कार्यक्रम मनाउने भएका हुन् । विगत पाँच वर्षदेखि यसैगरी कार्यक्रम मनाइँदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रूपमा मनाउने तयारी गरिएको अभियानले जनाएको छ ।
‘हाम्रो पहल ः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण’ भन्ने नारासहित मनाउन थालिएको यो वर्षको दिवस ४१ औँ शृङ्खला हो । विभिन्न १७ वटा कार्यक्रममध्ये सातवटा कार्यक्रम सङ्घीय तहमा नीतिगत बहसमा केन्द्रित हुने छन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको अभियानका सदस्य संस्था फियान नेपालकी प्रतिनिधि लक्ष्मी गुरुङले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण