बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मदनकृष्णले ल्याए ‘जीवनको पाना’

आइतबार, २७ भदौ २०७८, १४ : ०६
आइतबार, २७ भदौ २०७८

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि अभिनेता श्रेष्ठको अलवा सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको अभिनय रहेको छ ।

अभिनेता सरोज खनालकै कन्सेप्ट रहेको भिडियो राज केसीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायाँकन, रमेश थापाको सम्पादन देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप