बाँके र बर्दियामा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु
बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ डिस्कोरियन टोलमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय वसन्त पौडेल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बर्दियाको गुलरियामा भएको दुर्घटनामा पनि एक जनाको ज्यान गएको छ । शनिबार राति गुलरिया नगरपालिका–४ तुलसीपुरमा भे १ त ३६९८ नम्बरको ट्याक्टरले भे ६ प ६७०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही नगरपालिका–४ बेतईपुर बस्ने ४३ वर्षीय गुलगुल थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण