दीपक मनाङेले किन बुझाएनन् सम्पत्ति विवरण ?
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे)ले आफ्नो घरको आन्तरिक कारण वास्तविक सम्पत्ति विवरण बुझाउन नसकेको बताएका छन् । मन्त्री मनाङेले पहिलो श्रीमती र छोराहरुलाई अंश दिनु परेकोले वास्तविक सम्पत्ति विवरण बुझाउन नसकेको बताए ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मनाङेले भने, ‘म आफुसँग भएको सम्पत्ति पहिलो श्रीमती र छोराहरुलाई पनि अंशवापत दिएँ, अलिअलि भएको पहिला बिजनेस गर्दा केटाहरूलाई लगानी गरिदिएको थिए, त्यो आएको छैन’ उनले भने– ‘आएपछि विवरण बुझाउँला, आउनेवाला छ भनेर लेख्न मिलेन, मेरो नाममा केही छैन ।’
उनले पुरानो सम्पत्तिका विषयमा मुद्दा चलिरहेको बताउँदै सम्पत्ति शुद्धीकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको जानकारी दिए । गण्डकी प्रदेशका अन्य मन्त्रीहरूले दुई साताअघि नै सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङे र भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् । भ्रष्टाचार निवारण सम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितका अन्य मन्त्रीले भने साढे २ महिनापछि मात्र सम्पत्ति विवरण बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण