बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै कोठामा मृत भेटिएकी सीताको मृत्युबारे अझै खुलेन रहस्य, एक हप्तासम्म पनि उठेन शव

आइतबार, २७ भदौ २०७८, २१ : ४८
आइतबार, २७ भदौ २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको एक साता बित्दा पनि उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले यथार्थ सार्वजनिक गर्न सकेको छैन ।

४३ वर्षीय टीका पौड्यालकी पत्नी सीताको शव भदौ २० गते आफ्नै घरको कोठामा फेला परेको थियो । छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका माइती पक्षले आन्दोलनसमेत गरेका थिए । आन्दोलनको दबाबमा आत्महत्या दुरुसाहनको मुद्दा दायर भएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित दुई जनालाई नियन्त्रणमा लियो । अदालतमा म्याद थप गरि आरोपित दिदी र भाइलाई प्रहरीले हिरासतमा राखेको छ ।

घटना भएको एक सातासम्म पनि मृतकको शव उठ्न सकेको छैन् । आइतबार तिलोत्तमा नगर प्रमुख र उपप्रमुखले भेट गर्न नदिएका कारण मणिग्राम चोकमा चक्काजाम गरिएको मृतकका मामा आकाश पोखरेलले जानकारी दिए । घटनालाई सामान्यीकरण गर्न खोजेको भन्दै मृतकका माईती पक्षले कहिले  ईलाका प्रहरी कार्यालय, कहिले अदालत घेराउ गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

माइती पक्षका अनुसार भदौ ६ गते तीज मान्ने गरी सीतालाई उनका पति टीकाले माइतीमा छोडेका थिए । तर भदौ १९ गते दिउँसो घरमा भतिजीको जन्मदिन मनाउने भन्दै सीतालाई फोन गरेर टीकाले घरमा बोलाएको माइती पक्षको भनाइ छ ।

पतिले बोलाएपछि सीता त्यसै दिन दिउँसो घर पुगिन् । अर्को दिन बिहान ५ बजेतिर जरुरी काम छ भनेर सीताको माइती पक्षलाई बोलाइयो, जतिबेला सीताको मृत्यु भइसकेको थियो । ​माइतीजनका अनुसार सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला परेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप