शिरदेखि पाउसम्म लेदरको कपडामा किम
सोमबार, २८ भदौ २०७८, ०९ : ३२
टेलिभिजन स्टार किम कर्दाशियां स्टाइल र बोल्डनेसका कारण चर्चामा आइरहन्छिन् । उमेरले ४० टेकेकी किम पछिल्लो समय शिरदेखि पाउसम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छन् । उनले फेशन डिजाइन कम्पनी ब्ल्यनसियागाको लेदर आउटफिट लगाएकी हुन् ।

उनले टाउकोदेखि गोडासम्म नै लेदरबाट बनेका आउटफिट लगाएकी छन् । उनले स्ट्रेच कोट, पन्जा, लामो बुट र अनुहार छोप्ने कालो लेदरको नै मास्क लगाएकी छन् ।

उनले यो पहिरनमा फोटोशुट पनि गराएकी छन् । उनले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् । उनी मेट गालाबाट न्युयोर्क पुगेकी छन् ।

किमले अघिल्लो पटक पनि यस्तै पहिरन लगाएकी थिइन् । उनी पूर्व पति कान्ये वेस्टको कार्यक्रमका लागि एटलान्टा गएकी थिइन् ।

अलग–अलग पहिरनका कारण विवादमा फसिरहने किम हरेक वर्ष मेट गालामा अलग पहिरनका साथ देखिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण