अमेरिका एमसीसीमार्फत नेपालमा प्रभुत्व जमाउन चाहान्छ : सीपी मैनाली
नेकपा मालेका महासचिव सीपी मैनालीले साम्राज्यवादी मुलुक अमेरिकाले नेपालमा आफ्नो प्रभुत्व जमाउन एमसीसी अघि सारेको बताएका छन् । सोमबार काठमाडौमा आयोजित एमसीसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै महासचिव मैनालीले सोही योजनाअनुसार हालै एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल आएको दावी समेत गरे । ‘उपाध्यक्ष नेपाल आएर म्याद बढाएर गएकी छन् । दलाल र अनुचरलाई पारित गर्न कमिटमेन्ट गराएर गएकी छन् । त्यसकारण एमसीसी विरुद्धको आन्दोलनलाई अघि बढाउनुपर्छ’, मैनालीको भनाइ छ ।
उनले भने, ‘अमेरिकी साम्राज्यवादी शक्तिले नेपालमा आफ्नो प्रभुत्व जमाउन एमसीसी अघि सारेको छ, सोही अनुसार एमसीसी उपाध्यक्ष हालै नेपाल आएर विभिन्न नेताहरुलाई दवाव दिइन् र एमसीसी सम्झौता परिमार्जन नहुने बताइन्’, मैनालीले नेपालमा बाह्य हस्तक्षेप तीव्र बनेको यो एक उदाहरणमात्र भएको बताए । ‘अमेरिका एमसीसीमार्फत सैनिक, आर्थिक र राजनीतिक प्रभुत्व जमाउन चाहान्छ’, मैनालीको भनाइ छ ।
उनले एमसीसी सम्झौता गर्नेहरु घुच्चुकमा आँखा भएको टिप्पणी समेत गरे । उनले अमेरिका नेपालमा एमसीसी जसरी पनि पारित गराउन लागिपरेको भन्दै एमसीसीका नाममा नेपालमा एमसीए शाखा कार्यालय खोलेर भइरहेको खर्च नेपालकै भएको बताए । घुमाइ फिराई अनुदान र विकास गर्न आएको भनेर अमेरिकाले भनेपनि त्यो अनुदान नै भएको भए संसदबाट पारित गर्न किन दवाव दिएको भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण