चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था समाधान गर्न प्रधानमन्त्रीलाई पत्र
राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेका हुन् ।
मञ्चले लेखेको पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको छैन । दशैं÷तिहार तथा छठ नजिकिँदै गर्दा बजारमा चिनीको मूल्य १०० रुपैयाँभन्दा माथि पुगेको छ ।’ यस्तो अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३०० मेट्रिक टन र चिनी उत्पादकसँग साढे ६ हजार मेट्रिक टन चिनी रहेको मञ्चले बताएको छ ।
तर, चाडवाडको समयमा प्रतिमहिना ३० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसअघि मञ्चले नै जेठ महिनामा संकलन गरेको तथ्याँकअनुसार निजी क्षेत्रसँग २१ हजार मेट्रिक टन चिनी मौज्दात थियो । यस्तै, भन्सार विभागको तथ्याङ्कअनुसार सो अवधिमा १० हजार ५०० मेट्रिक टन चिनी आयात भएको छ । यसले अर्थ मन्त्रालयका उच्च पदस्थहरुले सरकारलाई नै गुमराहमा राखेर आपूर्ति व्यवस्था असहज पार्ने नियत देखिएको मञ्चले आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते