देउवाको गृहजिल्लामा फेरि चुनाव माग्दै पौडेल समूह पुग्यो सानेपा

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूह सानेपा पुगेको छ। काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् ।
सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ । तर अन्य स्थानमा निष्पक्षताका सन्दर्भमा कडाइ गर्न आफूहरु प्रतिबद्ध रहेको समितिले पौडेल समूहलाई प्रतिबद्धता जनाएको छ ।
त्यसपछि पौडेल समूह चुनाव धाँधलीरहित बनाउन आग्रह गर्दै बाहिरिएको छ । भेटपछि महामन्त्री कोइरालाले डडेल्धुरामा पुनः चुनाव गर्न सम्भव नभएको निर्वाचन समितिले बताएको र त्यसलाई आफूहरुले मान्ने बताए । उनले फेरि चुनावभन्दा पनि अन्य जिल्लामा हुने चुनावका लागि निष्पक्षता कायम गर्न समितिलाई आग्रह गरिएको र समितिले यसमा प्रतिबद्धता जनाएको बताए ।
पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा वडा तहको अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)