मन्त्रालय भागवण्डाका विषयमा बालुवाटारमा छलफल
बिहीबार, ३१ भदौ २०७८, १७ : ५३

सरकारले पूर्णत पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । मन्त्रालय भागवण्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भैरहेको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम माग्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश विवादका कारण सरकार विस्तार हुन सकेको थिए । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा काँग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ र जसपाका तर्फबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला