शिल्पा शेट्टीको बयानमा शर्लिन चोपडाको यस्तो कटाक्ष (भिडियो)
पोर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा जेलमा छन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएर ओटीटी प्लेटफर्म बेचेको आरोप छ । यो केसमा शिल्पा शेट्टीले मुम्बई क्राइम ब्रान्चमा आफ्नो बयान पनि दर्ता गरेकी थिइन् । शिल्पाले आफ्नो बयानमा आफूलाई राज कुन्द्राको व्यवसायबारे केही पनि थाहा नभएको बताएकी थिइन् । उनका अनुसार उनले राजलाई उनको व्यापार बारे न त सोध्थिन् न नै राज कुन्द्राले उनलाई केही भन्थे । उनले आफू काममा अति नै व्यस्त भएका कारण पनि यसबारे थाहा नपाएको बताइन् ।
अब नायिका शर्लिन चोपडाले शिल्पा शेट्टीको बयानमा प्रतिक्रिया दिएकी छिन् । उनले सोसल मिडियामा एउटा भिडियो सेयर गरेकी छिन् । स्मरण रहोस्, शर्लिन चोपडाले राज कुन्द्राविरुद्ध थुप्रै बयान दिएकी छिन् ।
भिडियो सेयर गरेर शर्लिनले भनिन् यसोः
शर्लिनले भिडियोमा भनिन्, ‘केही मिडिया रिपोर्टका अनुसार दिदिले उनलाई आफ्ना पति देवका यी क्रियाकलापबारे केही थाहै नभएको बताएकी छिन् । अझ दिदिले त उनका पति देवका चल–अलच सम्पत्तिको स्रोतको जानकारी पनि नभएको बताएकी छिन् । अब यो कुरामा कत्तिको सत्यता छ यसको अनुमान तपाई आफैं लगाउन सक्नुहुन्छ । ’
येडा बनके पेड़ा खाना.. 🤪 pic.twitter.com/PIRDhihAHQ
— Sherlyn Cho
यो पनिः
pra 🇮🇳 (@SherlynChopra) September 16, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण