अल राउन्ड सुपरस्टार रेडमी १० प्राइम नेपाली बजारमा
काठमाडौं । शाओमीले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम को साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ ।
अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडिया टेक हेलियो जी ८८ चिप सेटको साथ बजारमा भित्रिएको छ । यसमा प्रभावशाली ९० हर्जको ६.५ इन्चको एफएचडी + एडप्टिभ सिन्क डिस्प्ले भएको कम्पनीले जनाएको छ ।
पातलो डिजाइन भएका यो फानमा शक्तिशाली ६००० एमएएचको दुई दिनसम्म टिक्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले विगत ७ बर्षदेखि रेडमीले लगातार प्रवृत्तिहरू सेट गरी रहेको छ र आफ्नो स्मार्टफोनको साथमा उद्योगको बेन्चमार्कलाई पार गरेको बताए । उनले रेडमीप्रति ग्राहकहरुको विश्वासले टीमलाई इनोभेशनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको र रेडमी सिरिजलाई देशकै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको दावी गरे । रेडमी १० प्राइमको लन्चसँगगै अल–राउन्ड सुपरस्टार ल्याई रहेको पनि उनले बताए ।
रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । ४जीबी+६४जीबी (१ जीबीले बढाउन सकिने र्याम) नेपाली २०,९९९ मा र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली २३,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण