सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए

सोमबार, ११ साउन २०८३, ०६ : २४
सोमबार, ११ साउन २०८३

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबिचको खेल सोमबार नेपाली समय अनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्समा सुरु हुनेछ।
  • नेपाललाई ठूलो झट्का लागेको छ, जसमा फास्ट बलर नन्दन यादव ह्याम्सट्रिङ चोटका कारण लिग २ का बाँकी खेलहरूबाट बाहिरिएका छन्।
  • दुवै टोली लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन्, जसमध्ये नेपालले लगातार दुई खेलमा हार व्यहोरेको छ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुँदैछ। नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

खेलअघि नेपाललाई ठूलो झट्का लागेको छ। क्यानका अनुसार फास्ट बलर नन्दन यादव ह्याम्सट्रिङ चोटका कारण लिग २ का बाँकी खेलहरूबाट बाहिरिएका छन्।

लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदै छन्। लगातार दुई खेलमा हार व्यहोरेको नेपाल र आफ्नो पछिल्लो खेलमा अप्रत्याशित हार भोगेको नामिबिया दुवैका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप