तत्काललाई रसायनिक, दीर्घकाललाई जैविक मल व्यवस्था गर्न आग्रह

खेतीपाती गर्ने याममा रसायनिक मल उपलब्ध गराउन नसकेको सरकारलाई अभियन्ताहरूले तत्काल समस्या समाधान निम्ति आग्रह गरेका छन् । तत्कालका लागि रसायनिक र दीर्घकालका लागि जैविक मल व्यवस्था गर्न खाद्यका लागि कृषि अभियानले सरकारसँग आग्रह गरेको हो । यतिखेर कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था जस्ता संवैधानिक हकको उपेक्षा गरिएको अभियानका संयोजक उद्धव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘आम किसानको खेतिपातीलाई नभै नहुने मल समेतको उचित बन्दोबस्त भएको छैन । उहिलेदेखि अहिलेसम्मका सरकारले घातक भएपनि न रसायनिक मलको बन्दोबस्त गर्न सके न त्यसको सकिने विकल्प खोज्नतिर लागें’ विज्ञप्तिमा लेखिएको छ, ‘किसान अहिले यताका न उताका भएका छन् । जैविक दिशामा जानुको विकल्प छैन । यही मात्र दीर्घकालीन समाधान हो ।’
खानेकुराको बन्दोबस्त गर्ने र घरव्यवहारमा समेत अकल्पनीय प्रभाव पार्ने मल समयमै नपाउने कुरा कुनै बहानामा क्षम्य नभएको र यस्तो महत्वपूर्ण सवालमा समेत सम्बन्धित जिम्मेवार संस्था तथा व्यक्तिले समयमै चासो नदिनु सरकारको निकम्मापन र अक्षमताको परकाष्ठा भएको पनि सो अभियानले आरोप लगाएको छ ।
सरकार र सरोकारवालाले मलको दीर्घकालीन समाधान खोज्न, रसायन र विषादीको दुष्परिणाम घटाउँदै जान, माटोमा भएको जैविक तत्व र पोषण बढाउनेतर्फ ख्याल गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले भन्यो : उच्च अदालतका न्यायाधीशमाथि लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी नगर्नू
-
रविसँगै छविलाल जोशी पनि थुनामै रहने
-
रवि लामिछानेलाई रिहा गर्न सर्वोच्चको अस्वीकार
-
पहुँचका आधारमा बजेट छुट्याउने प्रवृत्तिलाई रोक्नुपर्छ : मुख्यमन्त्री लामा
-
भूमिसम्बन्धी विधेयकमा गगन थापाको नेतृत्वमा कांग्रेसका ७ संशोधन प्रस्ताव
-
राजावादीको जनजागरण अभियान सुरू हुँदै, जमलबाट शुभारम्भ