पोखरामा पर्खालले च्यापिएर युवकको मृत्यु
सोमबार, ०४ असोज २०७८, १७ : ५९
पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ । सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रितेशको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । उनी हाल पोखरा मियापाटन बस्दै आएका थिए । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण