त्रिभुवन विमानस्थलबाट सुन संकलन गर्ने एक पुरुष पक्राउ
विदेशबाट मगाएर सुन संकलन गर्ने एकजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारुलाई विराटनगर जाँदै गरेको अवस्थामा पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए ।
सौर्य एयरलाइन्सको उडानबाट विराटनगर जान लागेका टेकबहादुरको साथबाट प्रहरीले १ सय ग्राम तौल भएको दुईवटा सुनका बाला बरामद गरेको छ । सो बाला उनलाई विदेशबाट सुन तस्करीमा संलग्न एजेन्टले पठाएका थिए । विदेशमा काम गर्ने नेपाली नागरिक स्वदेशमा फर्किँदा सुनको काम गर्नेहरुले बाला आकारको काँचो सुन पठाएर विमानस्थलमा संकलन गर्ने गरेका छन् । सरकारले ५० ग्राम बराबरको सुनका गहना ल्याउन छुट दिएको छ । तर, तस्करी गर्नेहरुले गहनाको सट्टा बाला आकारको सुन पठाएर सो सुविधाको दुरुपयोग गर्ने गरेका छन् ।
पक्राउ परेका सारुमगरले विदेशबाट आफ्ना एजेन्टले पठाएको सुनका बाला विमानस्थलमा संलकन गरेर आफ्नो समूहको सम्पर्कमा रहेका ग्राहकलाई पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनलाई आवश्यक कारवाहीका लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसएसपी बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण