हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो
पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो ।
जबकि गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत हप्तासम्म कुल तीन खर्ब ६८ अर्ब ८० करोड गरेका थिए । यस्तै, यता निक्षेप संकलनको दर समेत गत हप्ताको तुलनामा यस हप्ता ०.५९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १९ अर्ब ८४ करोड पुगेको एसोसिएसनले जनाएको छ ।
गत हप्तासम्म कुल ४ खर्ब १७ अर्ब ३८ करोड निक्षेप संकलन गरेका बैंकहरुले यस हप्ता दुई अर्ब ४८ करोडले निक्षेप वृद्धि गर्दै ४ खर्ब १९ अर्ब ८४ करोड पुर्याएका हुन् । यस्तै, अन्य क्षेत्रीय विकास बैंकहरुले समेत समीक्षा अवधिमा सामान्य रुपमा निक्षेप तथा कर्जा लगानी वृद्धि गरेको एसोसिएसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण