मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बुधबार, ०६ असोज २०७८, १३ : ३९
रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । देवाही गोनाही–६ घर भएका २५ वर्षीय पप्पु पटेलले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मौलापुर विद्युत् प्राधिकरणमा करारमा रहेका पटेल कटहरियाबाट घर जाने क्रममा गएराती ९.३० मा बलुवा गाउँ नजिकै दुर्घटनामा परेका थिए । अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि प्रहरीले कटहरिया स्थित एउटा क्लिनिकमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई वीरेन्द्र यादवले बताएका छन् । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण