मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बुधबार, ०६ असोज २०७८, १३ : ३९
रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । देवाही गोनाही–६ घर भएका २५ वर्षीय पप्पु पटेलले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मौलापुर विद्युत् प्राधिकरणमा करारमा रहेका पटेल कटहरियाबाट घर जाने क्रममा गएराती ९.३० मा बलुवा गाउँ नजिकै दुर्घटनामा परेका थिए । अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि प्रहरीले कटहरिया स्थित एउटा क्लिनिकमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई वीरेन्द्र यादवले बताएका छन् । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै