१० नेपालीले पाए अमेरिकामा अवार्ड
अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् । अमेरिकाको लसभेगसमा आयोजित कार्यक्रममा करिब ५ हजार बिमा अभिकर्ताहरुका बीच फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् । बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो । बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड दिएको बताइएको छ ।
अवार्ड पाउनेमा पाउनेहरू विभिन्न राज्यका छन् । नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला छन् ।
फरक–फरक २० विधामा १५० बढीले अवार्ड पाएका छन् । अमेरिकामा नेपालीको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नुभन्दा थोरै प्रिमियम तिरेर परिवारका लागि सहज बनाउनु उत्तम हुने र सोही कुरा समुदायमा बुझाउन सकेको हुनाले अवार्ड प्राप्त गर्न सफल भएको गगन केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण