नेपाल बार एसोसिएसनको १५ औँ सम्मेलन पोखरामा हुने
बुधबार, ०६ असोज २०७८, २१ : २७
नेपाल बार एसोसिएसनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।
‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ । बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ । बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
-
बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका छन् : प्रधानमन्त्री
-
वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता