धादिङमा भीरबाट लडेर एक पुरुषको मृत्यु
बुधबार, ०६ असोज २०७८, २१ : ४३
धादिङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर स्थानीय रामबहादुर गुरुङको मृत्यु भएको हो मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ भीरबाट लडेर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।
बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । डिएसपी खड्काका अनुसार मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण