कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने
संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।
हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउनेछ ।’
उनले भने– ‘मैले यो एक बैठकको आह्वान गर्नेछु र यस मञ्चमा विश्वका नेताहरुले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुनेछ ।’
यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताको लागि विश्वका नेताहरुको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुने उनले बताएका छन् । –सिन्हवा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण