प्रचण्ड भन्छन्– एमसीसी होइन, गठबन्धन जोगाउनु मुख्य कुरा हो
बिहीबार, ०७ असोज २०७८, १४ : ५०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताएका छन् । उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको भन्दै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताएका हुन् ।
बिहीबार काभ्रेमा आयोजित वाइसीएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको दावी गरे । ‘गठबन्धन तोड्न अनेक षड्यन्त्र भैरहेका छन् । जस्तो मूल्य चुकाउन पनि पछि नपर्ने, अर्को चुनावसम्म गठबन्धन बनाएर लड्ने संकल्प गरेका छौ’, प्रचण्डको भनाइ छ ।
‘एमसीसी ल्याएर दिमाग खराब गर्ने, गठबन्धन टुटाउने प्रयास भइरहेको छ । यो परिमार्जन गरेर जान सकिन्छ । तर अहिले एमसीसी मुख्य होइन, गठबन्धन मुख्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण