रौतहटमा कटुवा पेस्तोल र गोलीसहित चारजना पक्राउ
रौतहटमा कटुवा पेस्तोल र गोलीसहित ४ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँ पालिका २ का २४ वर्षका सञ्जय साह सोनार,सोही वडाका वर्ष २८ का संजिव महतो ,वडा १ का वर्ष १९ का राजेश कुमार चौधरी ,र गढीमाई ६ का दिनेश महरा रहेका छन् ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका–२, भलोहिया गाउँ घर भएका २४ वर्षीय सञ्जय साह सोनारको घर खानतलासीको क्रममा एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गंगापिपरा बाट खटिएको प्रहरीले घर तलासी गरि उक्त हतियार तथा गोली फेला पारेपछि घरधनी र उक्त हतियार लुकाउन सहयोग गर्ने अन्य ३ लाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् ।
आरोपीहरू माथि हातहतियार सम्बन्धी मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण