खोपको असमान वितरणबारे राष्ट्रसंघको महासभामा छलफल
विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ । विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् । खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरुले दिएका छन् ।
धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफूहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने वक्ताहरूले दावी गरेका हुन् । आगामी दिनमा यस बारेमा गम्भीरतापूर्वक ध्यान दिएर अहिलेको अवस्थामा सुधार ल्याउन समेत उनीहरूले माग गरेका छन् ।
नर्वेका प्रधानमन्त्री इर्ना सोल्बेर्गले भनिन्, “कतिपय देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाएर अहिले महामारी नियन्त्रणको अवस्थामा पुगेका छन् तर कतिपय देशहरुले भने पर्याप्त खोप पाएका छैनन् । यसकारण खोपमा पहुँच नहुने देशको स्वास्थ्य प्रणाली दयनीय अवस्थामा रहेको छ । यो धेरै गम्भीर विषय हो ।”
उनले थपिन्, “अफ्रिकी मुलुकहरुमा २० मध्ये एक जनाले मात्रै खोप पाएका छन् भने युरोपेली मुलुकहरूमा दुईमध्ये एक जनाले खोप पाएका छन्, यस्तो असमानता स्पष्ट रूपमा नराम्रो हो ।” महासभामा दक्षिण अफ्रिका, बोट्स्वाना, अंगोला, बुर्किना फासो, लिबियालगायतका देशका नेताहरुले पनि खोपको असमान वितरणका बारेमा आवाज उठाएका थिए ।
विश्वमा आगामी वर्ष सन् २०२२ मा कोरोनाभाइरस विरुद्धको खोपको उपलब्धता समान हुने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा ७६ औँ महासभा चलिरहेको छ भने विश्व नेताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण