पोखरामा कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने
पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो । नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ ।
महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ । कुकुर पालन दर्ता प्रक्रियाले पोखरालाई स्वच्छ बनाउन र रेबिजविरुद्धको खोप कार्यक्रमलाई समेत सहयोग पुग्ने पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनले कुकुर पालेर खुला बाटोमै दिसा पिसाब गराउँदा वातावरणसहित मानव स्वास्थ्यमा समेत असर पुगेको बताइन् ।
कुकुर पाल्नेले महानगरमा दर्ता गराएपछि रेबिजविरुद्धको खोप लगाउन समेत सहज हुने उपप्रमुख गुरुङको भनाइ छ । ‘यस अभियानले सभ्य नागरिक भएको सहरको परिचय दिनेछ, सबै मिलेर यसलाई सफल बनाउनुपर्छ,’ उनले भनिन्, ‘कुकुरलाई खुल्ला स्थानमा दिसापिसाव गराउन पाईंदैन, जनावरको पनि अधिकार हुन्छ, यसलाई परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्नुपर्छ ।’
उपप्रमुख गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दाबी गरिन् । दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग (चिन्ह) दिइनेछ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण