दाङमा उत्सर्ग संगीत अवार्ड हुने
शुक्रबार, ०८ असोज २०७८, १४ : २४
राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक केएल पीडितले बताए ।
अवार्डमा सहभागिताका लागि २०७८ असोज १ गतेसम्म बजारमा आएका गीत संगीतले आवेदन दिन सक्नेछन् । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरूले आगामी कार्तिक २ गतेसम्म गीत संगीत पठाइसक्नुपर्ने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले जानकारी दिए । अवार्ड वितरण समारोह तिहारपछि एक कार्यक्रमको आयोजनासहित हुने आयोजक पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण