साताको सेयर बजार– ७ अंकले बढेर परिसूचक २८ सय १९ अंक पुग्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो ।
त्यसपछि असोज ५ गते १३ अंक र ६ गते १०४ अंकको बृद्धि भएको थियो । यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेपछि साताभर ७ अंकको सुधार आउँदै बन्द भएको हो । परिसूचक बढेसँगै नेप्सेको कुल बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
गतसाता बजार पूँजीकरण ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । यसैगरी, यो साता कारोबार भएका चार दिनमा २९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, यो साता नेप्सेको सेन्सेटिभ इन्डेक्स ४.२४ अंकले बढ्दा फ्लोट इन्डेक्स १.६५ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण