काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत पाए । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे ।
यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा, सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् । कास्कीको मादी गाउँपालिकाको सभापतिमा यमबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले देवीजङ्ग गुरुङलाई एक मतको अन्तरले पराजित गरे । निर्वाचनमा खसेको २०४ मतमध्ये यमले ९३ र देवीजङ्गले ९२ मत प्राप्त गरेका थिए ।
यस्तै, उपसभापतिमा लीलामोहन कुइँकेल र कृष्णचन्द्र बराल, सचिवमा भोजबहादुर गुरुङ र देवीजङ्ग गुरुङ विजयी भएका छन् । पार्टीको सहसचिवमा तेज रानाभाट र बोधबहादुर ढकाल विजयी भएको कास्की काँग्रेसले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको पार्टी सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै रुपा गाउँपालिकाको सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् । अन्य सदस्य पनि सर्वसम्मत निर्वाचित भएको कास्की काँग्रेसले जनाएको छ ।
माछापुच्छ्रे गाउँ कार्यसमितिको अधिवेशनमा वीरेन्द्र गुरुङ सभापति निर्वाचित भएका छन् । उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण