ट्रोलर्सको निशानामा सलमान खान
अभिनेता सलमान खान पछिल्ला केही दिनदेखि आफ्नो नयाँ फिल्म ‘टाइगर थ्री’ को सुटिङ अस्ट्रियामा गरिरहेका थिए । उनी हालै मुम्बई फर्किएका छन् । उनलाई आइतबार मुम्बई विमानस्थलमा देखिएको थियो । यहाँका केही फोटो सोसल मिडियामा भाइरल भइरहेका छन् । यी फोटोमा सलमानले ‘उल्टो मास्क’ लगाएका छन् । यसैकारण उनी ट्रोलर्सको निशानमा आएका छन् । भाइरल फोटोमा सलमान खान निलो सर्टभित्र कालो टिसर्ट र जिन्स लगाइरहेको देखिएका छन् । साथै उनले कालो रङको मास्क पनि लगाएका छन् ।
उक्त मास्कमा SK लेखिएको देख्न सकिन्छ । तर उल्टो मास्क लगाएका कारण ती अक्षर पनि उल्टै छन् । फोटोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘भाइ, मास्क उल्टो लगाएका छौ ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘पहिला मास्क त सिधा लगाउ ‘केएस’ । अर्का एक प्रयोगकर्ताले लेखे, ‘कहिल्यै मास्क नलगाउने व्यक्तिले मास्क लगाउँदा यस्तै हुन्छ । सलमानको उल्टो मास्क यसको प्रमाण हो ।’ यसबाहेक प्रयोगकर्ताले फोटोमा विभिन्न कमेन्ट गरेर सलमानलाई ट्रोल गरेका छन् ।
सलमान खान कट्रिना कैफ र इमरान हाशमीसँग ‘टाइगर थ्री’ को सुटिङ अष्ट्रियामा गरिरहेका थिए । यद्यपि, सलमान बिग बसको सिजन १५ को ग्रान्ड प्रिमियर एपिसोडको सुटिङका लागि मुम्बई फिर्ता भएका छन् । उनले यो कार्यक्रमको होस्ट गर्नेछन् । फिल्मको सुटिङ डिसेम्बरसम्म पूरा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण