क्युमेड र लोमसका औषधि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
बुधबार, १३ असोज २०७८, १६ : ५३
औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ । क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।
बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा दुवै कम्पनीले उत्पादन गरेको यी दुई औषधिमा न्यून गुणस्तर पाइएको हो । औषधि व्यवस्था विभागले दुई कम्पनीलाई औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यस्तै, विभागले बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण