प्रचण्डको ब्रिफिङ : गठबन्धनको बैठक बिहीबार बस्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने ब्रिफिङ गरेका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले केही कानुनी अवरोधले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै अहिले कानुनी अवरोधहरू पनि हट्ने प्रक्रियामा रहेकाले बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको ब्रिफिङ गरेका हुन् ।
‘बैठकमा सरकार विस्तारबारे एजेण्डागत छलफल त भएन, तर अध्यक्षले सामान्य ब्रिफिङ गर्दा बिहीबार सत्ता गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिने तयारी भएको बताउनुभएको छ’, एक स्थायी समिति सदस्यले भने, ‘भोलिको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएर शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सक्छ ।’ स्थायी कमिटी सदस्य देव गुरुङले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण