परिसंघ र एक्यानले औद्योगिक क्षेत्र विकास गर्न चाहिने नीति बनाउन सहकार्य गर्ने
नेपाल उद्योग परिसंघ र नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आपसमा सहकार्य गर्ने भएका छन् । दुई संस्थाले नेपालमा औद्योगिक विकासका लागि चाहिने स्थिर नीति बनाउन सहकार्य गर्ने भएका हुन् । दुई संस्थाबीचको सहकार्यको समझदारी पत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् । समझदारीपत्रका दुई संस्थाले अनुसार औद्योगिक नीति तर्जुमा गर्न सरोकारवाला निकायसँग आपसी सहकार्य गर्ने छन् ।
यसैगरी, दुई संस्थाले साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन समेत गर्नेछन् । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष अग्रवालले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए । यसैगरी संघका अध्यक्ष वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने बताउँदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण