परिसंघ र एक्यानले औद्योगिक क्षेत्र विकास गर्न चाहिने नीति बनाउन सहकार्य गर्ने

नेपाल उद्योग परिसंघ र नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आपसमा सहकार्य गर्ने भएका छन् । दुई संस्थाले नेपालमा औद्योगिक विकासका लागि चाहिने स्थिर नीति बनाउन सहकार्य गर्ने भएका हुन् । दुई संस्थाबीचको सहकार्यको समझदारी पत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् । समझदारीपत्रका दुई संस्थाले अनुसार औद्योगिक नीति तर्जुमा गर्न सरोकारवाला निकायसँग आपसी सहकार्य गर्ने छन् ।
यसैगरी, दुई संस्थाले साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन समेत गर्नेछन् । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष अग्रवालले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए । यसैगरी संघका अध्यक्ष वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने बताउँदै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने