२० मिनेटमा केनको ह्याट्रिक
सब्सिटट्यूटका रूपमा मैदान प्रवेश गर्दै ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्सले युरोपा कनफरेन्स लिगमा एनएस मुरामाथि ५–१ को शानदार जीत हासिल गरेको छ । समूह जीमा रहेको स्पर्सको प्रतियोगितामा पहिलो जीत हो । पहिलो खेलमा टोली रेनेसँग बराबरीमा रोकिएको थियो ।
बिहीबार राति भएको खेलमा स्पर्सले पहिलो हाफको सुरुवातमा दुई गोल गर्दै स्लोभेनियाको टोलीमाथि दबाब राखेको थियो । डेली अलीले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाएका थिए भने गियोभानी लो सेल्सोले ६ मिनेटपछि अग्रता दोब्बर बनाए ।
तर, दोस्रो हाफमो सुरुवातमा नै जिगा कुओसको गोलमार्फत एनएस मुरा खेलमा फर्कन प्रयास गर्यो । त्यसपछि ६० औँ मिनेटमा म्यानेजर नुनो एस्पीरितो सान्तोले मैदानमा केन, सन ह्युङ मिन र लुकास मोउरालाई मैदानमा पठाएका थिए ।
सब्सिटिट्यूटहरुले खेलमा प्रभाव पार्न लामो समय नै लागेन । ६८ औँ मिनेटमा मोउराको पसमा केनले खेलको पहिलो गोल गरे भने सनले केनका लागि दोस्रो गोलको अवसर सिर्जना गरे । ८८ औँ मिनेटमा अर्को गोल थप्दै केनले करियरको १६ औँ ह्याट्रिक पुरा गरे ।
उता, अर्को प्रिमियर लिग टोली लेस्टर सिटी भने लेगिया वारससँग पराजित हुँदै प्रतियोगितामा जीतविहीन रहेको छ । समूह सीमा रहेको ब्रेन्डन रोजर्सको टोली १–० ले पराजित भएको हो । पहिलो खेलमा टोली नापोलीसँग २–२ को बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण