नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकै दिन निःशुल्क ओपीडी चलाउने
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिवार(भोली) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् ।
यो दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फरक विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा पाउने भएका हुन् । नर्भिकका कन्सल्ट्यान्ट ग्यास्ट्रो इन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सल्ट्यान्ट डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिनेछन् ।
प्रा.डा. चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म र डा. जोशीले १२ बजेदेखि २ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने नर्भिक अस्पतालले जनाएको छ ।
पाचन प्रणाली, कलेजो, ग्यास्ट्रिक लगायत पेटसँग सम्बन्धित समस्या भएकाले प्रा.डा. चौधरी र हाड जोर्नीसँग सम्बन्धित समस्या भएकाले डा.जोशीको निःशुल्क ओपीडी सेवामा सहभागी भई लाभ उठाउन सक्ने अस्पतालले जनाएको छ ।
नर्भिकले केही महिनाअघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी सेवा दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण